रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा राष्ट्रिय कर्मचारी संगठन (निजामती)काे दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।
नगरपालिका -५, सेरिगाउँमा शनिबार सम्पन अधिबेशनबाट खकेन्द्र अधिकारीकाे अध्यक्षतामा १ जना पछि थप्नेगरी १५ सदस्यीय नगर समिति चयन भएकाे हाे ।
जसको उपाध्यक्षमा चूडामणि विक र सुष्मा बुढा, सचिवमा युवराज खड्का, सहसचिवमा पहिलभान खत्री तथा कोषाध्यक्षमा रामसरा विक चयन हुनुभएको छ।