रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १ स्थित भेरी किनारमा एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार चौरजहारी नगरपालिका १ नाखिरा गाउँका ६२ वर्षीय मोतिलाल सुनारको शव फेला परेको हो।
सोमबार बिहान दुई बजे घरमा कोही कसैलाई जानकारी नगराई निस्केका सुनारको आज दिउँसो तीन बजे भेरी नदी किनारमा शव फेला परेको हो।
घरबाट निस्केका सुनारलाई आफन्तहरूले खोजी गर्दै जाँदा भिरबाट लडेर भेरी नदीको किनारमा मृत अवस्थामा फेला पारेको बताइएको छ ।
थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक मदनकुमार जैसीको नेतृत्वको एक टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।