रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १० तिमीलेमा भएको स्कार्पियो दुर्घटनामा घाइते थप १ जनाको मृत्यु भएको छ ।
यो संगै मृत्यु हुनेको संख्या २ पुगेको छ ।
आज रुकुम पश्चिमबाट दाङ फर्कने क्रममा लु.प्र. ०२-००१ च ०१७७ नम्बरको स्कार्पियो दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार दुर्घटनामा परेर सानीभेरी गाउँपालिका वडा नम्बर १० घर भई हाल दाङको तुल्सीपुरमा बस्दै आउनुभएका ५० वर्षीय नरबहादुर ओली र उहाको श्रीमती ४४ वर्षीया लिला ओलीको मृत्यु भएको हो ।
नरबहादुरको घटनास्थलमै मृत्यु भएको हो भने उहाँको श्रीमतीको उपचारको लागि चौरजहारी अस्पताल पुर्याइएको बेला चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा परेका अन्य दुई जना गम्भिर घाइते रहेका छन् । घाइते हुनेमा मृतक ओलीको माइती आमा ६० वर्षीया रुद्री ओली र चालक दाङको तुलसीपर उपमहानगरपालिका ७ बस्ने ४४ वर्षिय लिलामणी भण्डारी रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारको लागि अहिले चौरजहारी अस्पतालमा पुर्याइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानका क्रममा ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।