वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा रहेका नेपालीहरुले एक जना बिरामीलाई आर्थिक सहयोग गरेका छन्।
कलेजो सम्बन्धी रोगसँग लडिरहेका सानीभेरी गाउँपालिका वडा नम्बर ६ सल्लीचौरका बिरामी धन बहादुर घर्तीलाई दक्षिण कोरियामा बस्ने नेपालीहरुले सहयोग गरेका हुन्।
हाल बाँकेको कोहलपुर मेडिकलमा उपचार गराइ राख्नुभएका घर्तीलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि रोजगारीको शिलसिलामा दक्षिण कोरियामा रहनुभएका सानीभेरी ६ का भूपाल कुसारी, केपी कुसारी, ओम प्रकाश पुन लगाएतको नेतृत्वमा “धन बहादुर घर्ति बचाऔं अभियान” चालाइएको छ।
उक्त अभियान अन्तर्गत त्यहाँ बस्ने ४० जना नेपालीहरुबाट रु १ लाख ५ हजार ४ सय ६३ रुपैयाँ संकलन गरी पत्रकार नारायण ओलीलाई पठाइएको थियो ।
उक्त रकम आइतबार सिम्लीमा पत्रकार नारायण ओलीले बिरामीकी छोरी अमृता घर्तीलाई हस्तान्तरण गर्नुभएको हो ।