प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले जिल्ला कारागारका कैदिबन्दीलाई फलफुल वितरण गरेको छ ।
कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवसको अवसरमा कारागारमा रहेका १ सय ६३ जना कैदिबन्दीलाई आज फलफुल वितरण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी मार्फत कारागारमै पुगरे कैदिबन्दीका साथै कारागार प्रशासनका कर्मचारीहरुलाई फलफुल वितरण गरिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बसन्तकुमार शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, नेकपा(माओवादी केन्द्र) का प्रचार विभाग प्रमुख मेगराज खड्का , प्रेस यूनियनका केन्द्रिय सदस्य प्रविर ददेल, प्रेस यूनियनका जिल्ला अध्यक्ष सुमित्रा केसी, प्रेस चौतारीका जिल्ला अध्यक्ष परिचन्द्र खत्री, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष भरत चन्द लगायत अन्य संचार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।


