रुकुम पुर्वको सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि करिब ६० करोड बजेट ल्याएको छ ।
आज गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले १७ औं गाउँ सभामा ५९ करोड ७७ लाख १८ हजार ३१२ रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको हो ।
कुल बजेटमध्ये चालु खर्चतर्फ ४० करोड ८० लाख ३५ हजार हजार रुपैयाँ अर्थात ६८.२६ प्रतिशत र पुँजीगत खर्चतर्फ १८ करोड ९६ लाख ८३ हजाए ३ सय १२ रुपैयाँ अर्थात ३१.७४ .प्रतिशत छुट्याइएको छ। बजेटका लागि विभिन्न स्रोतहरूबाट रकम जुटाइनेछ।
गाउँपालिकाको अनुमान अनुसार आन्तरिक राजश्वबाट १ करोड २९ लाख रुपैयाँ आउनेछ भने संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ११ करोड ७८ लाख, सशर्त अनुदानबाट २१ करोड ७९ लाख, नेपाल सरकार शसर्त अनुदान LISP सहित ४ करोड ३७ हजार, विशेष अनुदानबाट १ करोड ६५ लाख र राजस्व बाँडफाँटबाट १० करोड ६७ लाख ५७ हजार ८ सय १२ र संघीय समपुरक अनुदान २ करोड ७१ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।
प्रदेश सरकारबाट पनि वित्तीय समानीकरण अनुदान ७९ लाख ७३ हजार, सशर्त अनुदान १ करोड ३ लाख ८ हजार, समपूरक अनुदान ७५ लाख, राजस्व बाँडफाँटबाट ९४ लाख ९४ हजार, विशेष अनुदान मार्फत २० लाख रुपैयाँ आउने प्रक्षेपण गरिएको छ।
साथै, आर्थिक वर्ष २०८२/०८३ को १ करोड ५० लाखभन्दा बढी रकम आगामी आर्थिक वर्षमा अ. ल्या. हुने अनुमान गरिएको छ।