रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले विभिन्न क्षेत्रका १५ जनालाई सम्मान गरेको छ ।
१८ औँ नगर सभाको अवसर विभिन्न पेशामा आवद्ध १५ जनालाई नगरपालिकाले आज सम्मानसहित पुरस्कृत गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मुल्याङ्कनका आधारमा विभिन्न पेशामा आवद्ध १५ जना व्यक्तिलाई सम्मान पत्र, दोसल्ला र नगद पुरस्कारले सम्मान गरिएको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाले उत्कृष्ट कृषक, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, खेलाडी, पत्रकार र कार्यालय सहयोगीलाई सम्मान सहित पुरस्कृत गरेको हो । पत्रकार ओली रेडियो सानीभेरीमा बजार व्यवस्थापकको रुपमा कार्यरत हुनुन्छ । उहाँलाई नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरिएकाे हाे ।
आठविसकोट नगरपालिकाको नगर गतिविधि, सार्वजनिक सेवा प्रवाह तथा पत्रकारिताको माध्यमबाट प्रचार प्रसार तथा प्रशारण गरी महत्वपूर्ण योगदान गरेकाले सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।