रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -७ फुक्रुमा मोटरसाईकल दुर्घटना हुँदा तीन जना घाईते भएका छन् ।
शनिबार बेलुका सिम्लिबाट पुर्तिमकाँडातर्फ जाँदै गरेको रा २ प ९४८१ नम्वरको मोटरसाईल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
मोटरसाईकलमा चालकसहित तीन जना चढेको र तीनै जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनले जानकारी दिनुभयो ।
घाईते हुनेहरुमा सानिभेरी गाउँपालिका -३ पेदी निवासी ३७ वर्षीय मोटरसाईकल चालक कर्ण बहादुर चँदारा, सोहि स्थानका ७ वर्षीय राजकुमार चँदारा र ४५ वर्षीय टिकाराम खड्का रहेकाे उहाँले बताउनुभयाे ।
प्रहरी निरीक्षक पुनका अनुसार चालक कर्णबहादुरको दाहिने खुट्टा, अनुहार र शरिरको भित्री भागमा, राज कुमारको टाउकोमा र टिकारामको दाँहिने खुट्टा भाँचिनुका साथै शरिरको भित्री भागमा चोट रहेको छ । तीनै जनाको अवस्था गम्भिर रहेको छ ।
घाईतेहरुलाई सानिभेरी गाउँपालिका अस्पताल सिम्लीमा सामान्य उपचारपश्चात थप उपचारको लागि गएराती नै प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ ।