रुकुम पूर्वको सिस्ने गाउँपालिकाले चार जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरी निरन्तर रुपमा पशुपन्छी पालन गर्दै आउनुभएका कृषकहरुलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको हो ।
कृषि तथा पशुपालन पेसामा लागेर आत्मनिर्भरता र स्थानीय रोजगारीमा टेवा पुर्याउँदै आउनुभएका कृषकहरुलाई प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले पालिकाले प्रत्येकलाई नगद रु १०,००० र सम्मानपत्र प्रदान गरेको हो ।
पालिकाबाट सम्मानित हुनेमा सिस्ने बहुउद्देश्यीय कृषि तथा भैँसी पालन फमका कल्चु बुढा मल्ल, सोहन कुखुरा पशुपन्छी फर्मका राजकुमार कवर, रुकुमेली पशुपन्छी फर्मकी ललिता थापा बुढा र न्यू खड्का बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्मका बालराम खड्का रहेको गाउँपालिकाले जनाएको छ ।
कृषि तथा पशुपालन पेसालाई अझ व्यवस्थित र व्यावसायिक बनाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिने सस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले प्रतिबद्दता जनाउनुभयो ।