रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले कृषकहरूलाई ५०% अनुदानमा उन्नत जातका बाख्रा वितरण गरेको छ।
संघीय अनुदानबाट सञ्चालित “बाख्रा विशेष अनुदान कार्यक्रम” अन्तर्गत पशु सेवा शाखा कार्यालय, सिम्रुतुमार्फत बाख्रा वितरण गरिएको हो। जसअन्तर्गत ८० ओटा बाख्रा वितरण गरिएको छ ।
जसमा पाठि ६० र पाठा २० गरेर ८० वटा बाख्रा वितरण गरिएको छ ।
कार्यक्रममा त्रिवेणी गाउँपालिकाका विभिन्न वडाबाट कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष राजकुमारी रेउले खडका, त्रिवेणी गाउँपालिका ६ का वडाध्यक्ष भद्र बहादुर श्रीपाली र वडा नं १० का अध्यक्ष सेरमान खडकाको उपस्थित रहेको थियो ।
यस कार्यक्रमले पालिकाभित्र पशुपालन व्यवसायमा आत्मनिर्भरता र रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याउने पशु विकास अधिकृत डा. दिपक ओलीले बताउनुभयो ।
उहाँले उन्नत जातका बाख्राबाट कृषकले बढी उत्पादन र आम्दानी हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
स्थानीय सरकारको पहल र संघीय सरकारको सहयोगमा सञ्चालित यस्ता कार्यक्रमहरूले गाउँस्तरमै समृद्धिको आधार तयार गरिरहेको सहभागी कृषकहरूले प्रतिक्रिया दिएका छन्।