नेपाल अपराजित रहँदै एसिसी मेन्स यु१६ इस्ट जोन कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
लिग चरणको आफ्नो अन्तिम खेलमा आज भुटानलाई २९८ रनको फराकिलो अन्तरमा पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।
लिग चरणमा नेपालले यसअघि सिंगापुर, जापान तथा इण्डोनेसियालाई हराएको थियो। नेपाल चारै खेलमा विजयी भएको हो ।
नेपाल रहेको समूहबाट सिंगापुरले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।