रुकुम पश्चिमको मुसिकोट नगरपालिका -११ स्याउली बजारमा अटो दुर्घटना हुँदा चार जना घाईते भएका छन् ।
आज राप्ती राजमार्गस्थित मुसिकोट नगरपालिका -११ को स्याउली बजारमा लु.प्र. ०२००१ ह ०९७९ नम्वरको अटो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर चालकसहित चार जना घाईते भएका छन् ।
घाईते हुनेहरुमा अटो त्रिवेणी गाउँपालिका -२ निवासी ४४ वर्षीय चालक नारायण प्रसाद चन्द, अटोमा सवारमा त्रिवेणी गाउँपालिका -५ निवासी कमला डाँगी, उहाँको १३ महिनाको छोरा सुशान्त डाँगी र सोहि स्थानकी ४२ वर्षीया धनकुमारी डाँगी रहेका छन् ।
दुर्घटनामा परेका चालक चन्दको बायाँ हातमा चोट लागेको छ । घाईते मध्य कमलाको बायाँ खुट्टा र बायाँ हातमा, सुशान्तको टाउको र ढाडमा र धनकुमारीको बायाँ खुट्टा र बायाँ हातमा चोट लागेको छ । घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको प्रहरीले जानकारी दिएको छ ।
सोलावाङबाट सिम्रुततर्फ जाँदै गरेको अटो एक्कासि अनियन्त्रित भई सडकमा पल्टीन गएको प्रहरीले जानकारी दिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।