रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ खुम्चेरीको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
आज दिउँसो त्रिवेणी गाउँपालिकाको वडा नम्बर ३ र ६ मा पर्ने झुल्नेटा बजारबाट खुम्चेरीतर्फ किराना सामान लिएर जाँदै गरेको लु.प्र ०१—००१ त ७८७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका ५ का २८ वर्षिय ट्याक्टर चालक बुद्धिमान खड्का रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिव २ सय ५० मिटर तल खसेको थियो । ट्याक्टर मनकामना हाडवेयर झल्नेटाको रहेको प्रहरीले जनाएको छ ।