राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिनुभएको छ ।
आज मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिनुभएको हो ।
सङ्घीय निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलमा खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो । तर, समितिको प्रतिवेदनमा आफूलाई राजीनामा दिन सिफारिस नगरेको तथा कारबाहीको सिफारिस नगरे पनि आफूले हाँसी खुसी राजीनामा दिन लागेको उहाँले स्पष्ट पार्नुभयो । कृष्ण प्रसाद भट्टराईको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘नखाएको विष लाग्दैन ।’
संसद् बैठकमा बोल्दै उहाँले यस प्रकरणमा आफ्नो कुनै स्वार्थ नभएको दाबी दोहोर्याउनुभयो । उहाँले आफ्नो कार्यकालमा समितिबाट भएका कार्य प्रगति सुनाउनुभएको थियो ।