रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ बाहुनठानास्थित कृषि विकास बैंकमा कार्यरत प्रबन्धक मृत फेला परेका छन्।
शनिबार दिउँसो उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
प्रहरीका अनुसार बागचौर नगरपालिका–८ कोटमौला, सल्यान निवासी ५२ वर्षीय शिवशंकर गिरी, आफ्नै आवासमा अचेत अवस्थामा फेला परेका थिए।
घटनाबारे दिउँसो करिब २:५० बजे जानकारी प्राप्त भएपछि प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवको कमाण्डमा १२ जनाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्वास्थ्यकर्मीले जाँच गर्दा गिरीलाई साँझ करिब ४:२० बजे मृत घोषित गरिएको प्रहरीको भनाइ छ।