रुकुम पश्चिम, २०७८ असोज १
नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले दशैं–तिहार नजिकिँदै गर्दा आम उपभोक्तालाई भरपर्दो र अवरोधमुक्त विद्युत सेवा दिनका लागि विभिन्न क्षेत्रमा लाइन पेट्रोलिङ, रुखका हाँगा कटान तथा सफाइ कार्य सुरु गरेको छ।
वितरण केन्द्रले सार्वजनिक गरेको तालिका अनुसार असोज ३ गतेदेखि ८ गतेसम्म सल्यान बाङ्गाचौर, खलंगा, सानीभेरी र त्रिवेणी फिडर अन्तर्गतका क्षेत्रमा चरणबद्ध रूपमा सफाइ र मर्मत कार्य हुने भएको छ।
यस क्रममा सल्यान बागचौर, रुकुम पश्चिमको सिस्ने, त्रिवेणी, मुसिकोट, चौरजहारी, खलंगा, पुथान, रोल्पा लगायतका क्षेत्रमा करिब बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पश्चिमका प्रमुखका अनुसार, “दशैं–तिहारमा विद्युत आपूर्ति अबरोध नहोस् भनेर अहिले अग्रिम रूपमा लाइन नजिक रहेका रुखका हाँगा छाँट्ने, तार चेक गर्ने र आवश्यक मर्मत गर्ने काम भइरहेको छ।”
मौसम प्रतिकूल भएमा भने तालिका अनुसारको कार्यमा केही परिवर्तन हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ