रुकुम पश्चिम
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ स्थित सेवाकेन्द्र खेलमैदानमा पहिलो छिबाङ कप खुला ७-ए-साइड फुटबल प्रतियोगिता हुने भएको छ।
छिबाङ XI F.C. को आयोजनामा हुने प्रतियोगिता आगामी २०८२ साल असोज १९ देखि सुरु हुने आयोजक समितिले जनाएको छ। “Unity & Strength” भन्ने नाराका साथ सुरु हुन लागेको प्रतियोगितामा विभिन्न स्थानका फुटबल टिमहरूले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताले स्थानीय युवा बीच खेलप्रतिको रुचि बढाउने र खेल क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ। प्रतियोगिता तयारीलाई अन्तिम चरणमा पु¥याइएको र फुटबलप्रेमीहरूलाई उपस्थितिका लागि आह्वान गरिएको पनि आयोजक समितिले जनाएको छ।