रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा सम्पन्न तेस्रो जनक–सुदन स्मृति कप रनिङ शिल्ड खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा सिस्ने गाउँपालिका–६ रुकुमकोटको टिमले उपाधि हात पारेको छ।
फाइनल खेलमा सिस्ने–६ को टिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै रुकुम भलिबल टिमलाई ३–१ को सेटमा पराजित गरेको हो।
यससँगै विजेता टोलीले नगद रु. १ लाख १५ हजारसहित कप र मेडल हात पारेको छ।
त्यस्तै, उत्कृष्ट खेलाडीको रुपमा माधव, उत्कृष्ट लिब्रो चन्द्रबहादुर बिसि र उत्कृष्ट सेटर हरी थापा सम्मानित हुनुभएको हो।