रुकुम पश्चिम कारागारबाट ढोका फोडेर भागेका कैदीबन्दीमध्ये अधिकांश पक्राउ परेका छन्।
जेन जेड आन्दोलनको मौका पारेर मंगलबार दिउँसो भागेका ८८ मध्ये अहिले ६९ जना प्रहरी नियन्त्रणमा आएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार, भागेका मध्ये एक जना कैदी आफैं प्रहरी सम्पर्कमा आएका हुन् भने बाँकी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
हाल अव १९ जना मात्र फरार रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको र खलंगा आसपासका क्षेत्रमा निरन्तर अपरेसन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
फरार कैदीबन्दीको खोजीमा जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासन सक्रिय रहेका छन्। जिल्ला प्रशासनको नेतृत्वमा भइरहेको समन्वित खोजी कार्यका कारण छोटो समयमै अधिकांश कैदी पक्राउ परेका हुन्।
जिल्ला प्रशासनले बाँकी फरार कैदीलाई पनि स्वेच्छाले प्रहरी सम्पर्कमा आउन आग्रह गरेको छ। अन्यथा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिइएको छ।
साथै, फरार कैदी लुकिछिपी बसेको थाहा पाए प्रहरीलाई १०० नम्बरमा सम्पर्क गर्न नागरिकलाई अनुरोध गरिएको छ ।
जिल्ला प्रशासन र प्रहरीले छिटो कदम चालेका कारण खोजी अभियान प्रभावकारी बनेको प्रशासनको भनाइ छ।


That’s a fascinating point about the role of chance! It’s interesting how platforms like the 987ph app tap into that Filipino spirit of ‘swerte’ with their games. Seems like a fun way to explore luck! 🤔
Really interesting article! Understanding the basics is key, especially with online games. Building that foundational knowledge – like account security – is so important. Check out jljl9 login for a solid start to gaming literacy – it’s surprisingly helpful!