गत मंगलबार भेरी नगरपालिका–१, रिम्ना जाजरकोटमा फर्निचर उद्योगमा काम गर्ने सिलसिलामा विद्युतीय आरा मेसिनमा पर्न जाँदा गम्भिर घाईते हुनुभएको हो ।
उहाँको पेट काटिएर गम्भीर घाइते अवस्थाका उहाँलाई उपचारको लागि मंगलबार नै नेपाली सेनाको हेलिकोप्टरद्वारा सुर्खेत पठाइएको थियो । सुर्खेतमा पनि उपचार सम्भव नभएपछि नेपागञ्ज हुँदै थप उपचारको लागि उहाँलाई काठमाडौं रिफर गरिएको छ । तर उहाँको आर्थिक अभावको कारण समयमै उपचार पाउँन समस्या देखिएको छ ।
उहाँको स्वास्थ्य अवस्था गम्भिर रहेको र कमजोर पारिवारीक आर्थिक अवस्था रहेकोले मनकारी सहयोगीहरुलाई उपचारकाे लागि सहयोग गर्न अपिल गरिएको छ । सबैको सानो सहयोगले नन्दराम बुढाथोकीको जीवन बचाउन सकिने उहाँका आफन्जनहरुको विश्वास रहेको छ ।
उहाँलाई सहयोग गर्न चाहनुहुने मनकारीहरुले उहाँको छोरी लक्ष्मी बिसीलाई ९७६४१९९७६० मा सम्पर्क गर्न सकिने वा तल उल्लेख गरिएको खातामा सहयोग जम्मा गर्न सकिने बताईएको छ ।


