राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पूर्वको जिल्ला भेला सम्पन्न भएको छ ।
आज रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा सम्पन्न भेलाले लखन कुमार थापाको सभापतित्वमा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो ।
जिल्ला सचिवमा डिल बहादुर खड्का चयन भएका हुनुभएको छ । अन्य सदस्यहरूमा रमन खड्का, टेकबहादुर खड्का, सन्देश बुढा, अरुण खड्का, भरत खड्का, भूपेन्द्र देवकोटा, जयराम सुनार, सुनिल मल्ल, सिर्जना शाही मल्ल, बसन्त कुमार श्रेष्ठ र अञ्चल मल्ल रहनुभएकाे छ ।
उक्त पहिलो जिल्ला भेलामा रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठक, सह-महामन्त्री सीएम उपाध्याय, प्रदेश सदस्य महेन्द्र उपाध्याय, रोल्पा जिल्ला सभापति इन्जिनियर रमेश क्षेत्री, अर्घाखाँची जिल्ला सभापति हरि प्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो ।
भेलाले जिल्लाभर संगठन सुदृढीकरण, सदस्य विस्तार र आगामी राजनीतिक गतिविधिका कार्यक्रमहरु पनि तय गरेको जनाइएको छ ।

