नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फरि विभाजित भएको छ ।
चिरन पुन (मिलन सी)को नेतृत्वमा छुट्टै भेला गरेर समाजवादी मोर्चामा रहेका दलहरूबीचको एकताको पक्षमा उभिने निर्णय भएको हो । आफूहरू समाजवादी मोर्चामा रहेका दलहरूको एकताको पक्षमा उभिएको मिलन सीले बताउनुभयो ।
एकताको पक्षमा भएका नेताहरूको शुक्रबार छुट्टै भेला बसेको थियो । जसले विप्लवलाई छिट्टै एकतामा आउन आह्वान गर्दै एकताको पक्षमा उभिने निर्णय गरेको नेता मिलन सीले जानकारी दिनुभयो ।
विप्लवमा अनुसार वर्तमान सरकारको निरन्तरतामै अगाडि बढ्ने गरी माओवादी र समाजवादी एकता प्रक्रियामा अगाडि बढेका छन् ।
आफूहरू सर्वपक्षीय सरकार गठन हुनुपर्छ भन्नेमा रहेकाले बैचारिक मतभेद रहेको उहाँकाे भनाइ छ ।
विप्लवले तत्काल माओवादीसहितको एकता प्रक्रियामा सहभागी नहुने संकेत दिएपछि एकताको पक्षमा रहेकाहरूले छुट्टै भेला गरेर एकताको पक्षमा उभिने निर्णय लिएको मिलन सीले बताउनुभयो ।

