मुसिकोट नगरपालिका–१ सुन्दरबस्तीस्थित विजयश्वरी सेकेन्डरी बोर्डिङ स्कुलले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३५औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ।
स्थापना दिवसको अवसरमा शिक्षिकाहरूबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता र मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन विद्यालयका प्रिन्सिपल तथा प्याब्सन प्रदेश सल्लाहकार जयबहादुर थापाले दिप प्रज्वलन र केक काटेर गर्नुभएको थियो।
भलिबल प्रतियोगितामा विजयश्वरी एकेडेमी मुसिकोट खलंगा विजेता र विजयश्वरी सेकेन्डरी बोर्डिङ स्कुल उपविजेता बनेका छन्। वक्तृत्वकला प्रतियोगितामा गनेश खड्का प्रथम, मेन्डल पुन दोस्रो, एलिना केसी तेस्रो र विद्यादेवी खड्का सान्त्वना भएका छन्।


