जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगका पदाधिकारीहरु प्रतिवेदन बुझाउन सिंहदरबार पुगेका छन् ।
असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् ।


