राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले राजीनामा दिनुभएको छ ।
रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएपछि शाहीले सभापतिबाट राजीनामा दिनुभएको हो । हारको जिम्मेवारी लिँदै उहाँले फेसबुक मार्फत राजीनामा दिएको जानकारी गराउनुभएको छ ।
यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजय गराउन नसकिएको जानकारी गराउँदै सोको सम्पूर्ण जिम्मा लिँदै आजकै दिनदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम जिल्ला सभापतिको पदबाट राजीनामा प्रदेश सभापति समक्ष पेस गरेको छु, उहाँले फेसबुकमा लेख्नुभएको छ ।
रुकुम पश्चिममा फागुन २१ गतेको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार शाहीले ४ हजार ७६ मत पाएर चौथो हुनुभएको थियो । समानुपातिक तर्फ भने पार्टी १० हजार १ सय ४९ मत ल्याएर रास्वपा तेस्रो बनेको छ ।


