लायन्स क्लब रुकुम (पश्चिम) को कार्यसमिति पूर्णता पाएको छ।
यसअघि नै श्री जय बहादुर थापाको अध्यक्षतामा गठन गरिएको समितिलाई सोमवार सम्पन्न बैठकले पूर्णता दिएको हो।
अध्यक्ष थापाको अध्यक्षतामा बसेको बैठकमा विभिन्न पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा कार्यसमितिलाई विस्तार गर्दै आवश्यक पदपूर्ति गरिएको अध्यक्ष जय बहादुर थापाले जानकारी दिनुभयो ।
पूर्णता पाएको कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा अनिता कुमाई भण्डारी सचिवमा बिमल कुमार शर्मा तथा कोषाध्यक्षमा सार्कु प्रसाद लामिछाने सदस्यता ब्यबस्थापन अध्यक्षमा हरी बिष्णु ओली LCIF Chairperson मा मन्दिप गौतम त्यस्तै क्लब ब्यवस्थापन अध्यक्षमा तुलसीराम बोहरा , सुचना तथा सन्चार अध्यक्षमा ठान बहादुर के सि त्यस्तै निर्देशकमा डा दिपक पुन , डा हरि के सि , सुनिता के सि , रुपा ओली , नागेन्द्र पुन , मनोज खड्का त्यस्तै सदस्यमा सागर मल्ल , हर्क बहादुर भण्डारी , अर्जुन श्रेष्ठ , तेजकुमार ओली र शिशिर गौतम चयन हुनुभएको छ ।
बैठकले कार्यसमितिलाई पूर्णता दिँदै आगामी दिनमा सामाजिक सेवा, सहयोग तथा विकासमुखी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो। सहभागी पदाधिकारीहरूले संस्थालाई अझ सशक्त र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


