नेपाल दलित मुक्ती मोर्चा बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
बिहिबार सम्पन्न मोर्चाको दोस्रो सम्मेलनले पालिका स्तरिय नयाँ नेतृत्व चयन गरेको छ ।
मोर्चाले दत्तबहादुर विकको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरको हो । जसको उपाध्यक्षमा पुर्णबहादुर विक, सचिवमा दलबहादुर विक, सह सचिवमा सीता विक र कोषाध्यक्षमा सृष्टि विक चयन हुनुभएको छ । नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको नवनिर्वाचित अध्यक्ष विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मेलनमा नेपाल दलिय मुक्ती मोर्चाका केन्द्रिय उपाध्यक्ष रातो कामीको प्रमुख आतिथ्यता रहेकामा नेकपा माओवादी केन्द्रका केन्द्रिय निर्वाचन आयोगका सदस्य धर्मबहादुर केसीको विशेष आतिथ्यता रहेको थियो। त्यस्तै माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य चन्द्रबहादुर केसी, पालिका अध्यक्ष दक्ष पुन लगायतको उपस्थिति रहेको थियो ।