राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतले आदेश दिएको छ ।
सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत तुल्सिपुरको बुटवल इजलासले आदेश गरेको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले थुनामा पठाउने आदेश भएको छ। यसअघि रूपन्देही जिल्ला अदालतले रविलाई रू १ करोड धरौटीमा रिहा गर्न गरेको आदेशबिरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त पुनरावेदनमा सुनुवाई गर्दै जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो।